विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द


२ माघ २०७९, सोमबार


काठमाडौँ । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ ।

पोखरामा आइतबार -एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस