विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेकी छन् ।

आइतबार दिउँसो ट्वीटरमार्फत उनले घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस