काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ ।
यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटना भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकले नेपालमा बढ्दो हवाई दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिन सक्ने अनुमान गरिएको छ ।
यसअघि दुर्घटनाको खबर पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न सबै सुरक्षा निकाय तथा सरकारका अङ्गलाई निर्देशन दिएका थिए ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्रीले उद्धार कार्यको अपडेट लिएका थिए ।