काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि थाइल्याण्डमा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ ।
नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा बिहान ८:१५ बजेदेखि सुरु हुनेछ ।
९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।
लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।
प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रिया शर्मा रहेका छन् ।