विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् । 

भेटमा महराले पूर्व माओवादी जोड्न लागेकाले चन्दलाई पनि पार्टी एकतामा आउन आग्रह गरेका थिए । विप्लव निकट एक केन्द्रीय सदस्यका अनुसार भेटमा महाराले सबै माओवादी मिलेर प्राप्त उपलब्धिको रक्षा गरौँ भनेका थिए । ती नेताका अनुसार विप्लव भने तत्काल पार्टी एकता र सहकार्यका लागि तयार  छैनन् । 

विप्लव नेतृत्वको नेकपाको माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकले आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल हुने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस