भक्तपुरमा टहरामा झुन्डिएको अवस्थामा पुरुषको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भक्तपुरमा टहरामा झुन्डिएको अवस्थामा पुरुषको शव फेला


२९ पुस २०७९, शुक्रबार


भक्तपुर । भक्तपुरमा टहरामा झुन्डिएर एकजनाले आत्महत्या गरेका छन् । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४२ वर्षीय निरज थापाले सेतो नाइलनको डोरीको पासो लगाइ आत्महत्या गरेको प्रहरीले बताएको छ।

मध्यपुरठिमी नगरपालिका ९ बोडे सिन्टिटार स्थित क्रियापुत्री भवनमा जोडिएको जस्ताको टहराको छानाको फलामको डन्डीमा सेतो नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा पाएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए ।

शव पोष्टमार्टमका लागि दुवाकोट अस्पताल लगिएको पाण्डेले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस