घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै « प्रशासन
Logo १० असार २०८१, सोमबार
   

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । एमालेको पूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।

एमालेभित्रका आफू निकट नेताहरूलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूसँगको परामर्शपछि भुसाल सो पार्टी प्रवेश गर्न लागेका हुन्। एकीकृत समाजवादीमा भुसाललाई तत्कालका लागि केन्द्रिय सचिवालयको सदस्य बनाउने तयारी भएको बताइएको छ।

एमाले परित्याग गरेर गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भुसालले एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादी रोजेका हुन्। ।

Tags :
प्रतिक्रिया दिनुहोस