काठमाडौँ । लुम्बिनी विकास बैङ्क लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
१५औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरूमध्येका भट्टराईलाई सञ्चालक समितिको पहिलो बैठकले सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो।