बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो छलफल


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

बुधबार पनि प्रचण्ड र ओलीबीच बालकोटमा छलफल भएको थियो । प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस