मन्त्रालयको टुङ्गो नलागी महराले शपथ नलिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मन्त्रालयको टुङ्गो नलागी महराले शपथ नलिने


२८ पुस २०७९, बिहिबार


बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणमा ढिलाइ भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।

महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । बरालले भने, ‘मन्त्रालयको टुङ्गो नलागी दलको नेताले विना विभागीय मन्त्रीको शपथ लिँदा राम्रो म्यासेज जाँदैन भनेर कृष्णा केसीलाई पठाउने निर्णय भएको छ ।’

नेता महरा मुख्यमन्त्रीको दाबेदार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस