२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले थाल्यो सभामुखको उम्मेदवारीबारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पदको निर्वाचनमा पार्टीबाट तर्फबाट उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल सुरु गरेको छ।

यही माघ ५ गते सभामुख चयनका लागि निर्वाचन हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ मा विश्वासको मत दिएको काँग्रेसले अब हुने सभामुख पदमा उम्मेदवारी दिन्छ कि दिँदैन चासोसाथ हेरिएको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर पार्टी प्रतिपक्षी भूमिकामै बस्ने निर्णय गरेको थियो।

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे सुझाव लिइरहेका छन्। बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा यसबारे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दैछन्।

सभामुख पदमा उम्मेदवारी दिँदा कसलाई अघि सार्ने भन्ने पनि छलफल भइरहेको छ।

प्रवक्ता प्रकाशशरण महतले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल भइरहेको र निर्णय हुन केही समय लाग्ने बताए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए काँग्रेसले सत्ता साझेदार दलसँग कुनै पदमा बार्गेनिङ नगरेको दाबी गर्दै आएको छ। प्रधानमन्त्री प्रचण्डले पनि काँग्रेससँग कुनै सम्झौताबिना नै विश्वासको मत प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

प्रवक्ता महतले प्रदेशहरूमा पनि सभामुखलगायत पदमा उम्मेदवारी दिने तयारी रहेको बताए। काँग्रेस सातै प्रदेशमा प्रतिपक्षी भूमिकामा छ। केन्द्रमा सरकारलाई समर्थन गरे पनि कुनै पनि प्रदेश सरकारलाई काँग्रेसले समर्थन गरेको छैन।

बागमती प्रदेशलगायतमा सभामुख पदमा उम्मेदवारी दिने तयारीमा काँग्रेस जुटेको छ।

सत्ता साझेदार दलभित्र सभामुख नेकपा एमालेले लिने सहमति भएका विषय बाहिरिएका थिए। काँग्रेसले पार्टीभित्र छलफल गर्ने र प्रधानमन्त्री लगायतसँग पनि यसबारे छलफल गरेर अघि बढ्ने रणनीति लिएको छ।

राष्ट्रपतिमा सत्ता साझेदार दलहरूबाट सहयोग पाउने हो भने सभामुख छाडेर जानुपर्ने तर्क पनि काँग्रेसका केही नेताहरूले राख्ने गरेका छन्। तर प्रवक्ता महतले कुन पद लिने भनेर आफूहरूले कसैसँग केही कुरा नगरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस