सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज (बिहीबार) बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस