सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरूको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

भण्डारीलाई उनको पार्टी माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस