नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा


२७ पुस २०७९, बुधबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न माग गरेका छन् । राप्रपा नेपालद्वारा ३०१औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो माग गरेका हुन् ।

अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिक वाद र विचारभन्दा माथि रहेको बताउँदै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए । उनले पृथ्वीनारायण शाहलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने समेत बताए ।

२०७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै औपचारिक रूपमा पृथ्वी जयन्ती मनाएको स्मरण गर्दै उनले यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट समेत गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस