सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय राम्रो : ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय राम्रो : ओली


२७ पुस २०७९, बुधबार


काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिङ्गो देशलाई एकताबद्ध गरेको स्मरणसमेत गरे ।

उनले भने, ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो, जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौँ । त्यस कारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले आज पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको छ । सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने सर्तसमेत राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस