पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौँ : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौँ : नारायणकाजी श्रेष्ठ


२७ पुस २०७९, बुधबार


काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिएर ऐतिहासिक सत्यलाई राज्यको तर्फबाट स्थापित गर्ने काम गरेको बताएका छन् ।

बुधवार भृकुटीमण्डपमा ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताए । ‘नेपालको भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका स्वतः स्पष्ट छ । त्यो भूमिकालाई राज्यद्वारा पुनर्स्थापित गर्न हामीले पृथ्वी जयन्तीको दिनमा बिदा दिने निर्णय गरेका हौँ’, उनले भने ।

यो नेपालमा फेरि एक पटक ऐतिहासिक तथ्यहरूलाई सबैले स्विकार्ने बनाउनका निम्ति राम्रो निर्णय भएको उनको भनाइ छ ।

राजतन्त्रको अन्त्यसँगै पृथ्वी जयन्तीका दिन बिदा दिन छाडेको सरकारले २०७४ सालमा एक पटक बिदा दिएकोमा त्यसयता पुनः बिदा कटौती गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस