नेपाली सेनाद्वारा डोटीको चमरा चौतारामा हेलिप्याड निमार्ण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाली सेनाद्वारा डोटीको चमरा चौतारामा हेलिप्याड निमार्ण


२७ पुस २०७९, बुधबार


डोटी । भैरव प्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ चमरा चौतारा क्षेत्रमा हेलिप्याड निर्माण गरेको छ । 

विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । 

गाउँपालिकाको समन्वयमा सेनाले पाँच लाखको लगानीमा हेली प्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड सिलाले बताए । 

गाउँपालिकाको केन्द्र समेत रहेको चवारा चौतारामा सेनाले हेली प्याड निर्माण गर्दा स्थानीयवासी खुसी भएका छन् । 

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा पुगेको छैन । डोटी जिल्लामा सदरमुकाम भन्दा बाहिर बनेको यो पहिलो हेली प्याड हो ।

Tags :
प्रतिक्रिया दिनुहोस