महिना दिनभित्रै रेशम चौधरीलाई रिहाइ गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिना दिनभित्रै रेशम चौधरीलाई रिहाइ गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


२७ पुस २०७९, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई थारुहरूलाई माघीको उपहारस्वरूप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वासन दिएका छन्।

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो। अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस