कर्णालीको मुख्यमन्त्रीमा शर्मा नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णालीको मुख्यमन्त्रीमा शर्मा नियुक्त


२७ पुस २०७९, बुधबार


काठमाडौँ। कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ । यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् । 

माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस