भ्रष्टाचारीलाई कारबाही गर्छौँ : मुख्यमन्त्री यादव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचारीलाई कारबाही गर्छौँ : मुख्यमन्त्री यादव


२७ पुस २०७९, बुधबार


जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले आफूहरूको एकल बहुमत नरहेकाले सबै दलसँग मिलेर अगाडि बढ्ने बताए।

भ्रष्टाचारीलाई कारबाही गर्ने उनको भनाइ छ। मुख्यमन्त्री यादवले सबै दलसँग मिलेर राम्रो रोडम्याप बनाएर अगाडि बढ्ने जिकिरसमेत गरे।

मन्त्रिमण्डल विस्तार सम्बन्धमा उनले शपथ ग्रहणपश्चात् निर्णय हुने जानकारी दिए। नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण शुक्रवारका लागि तय गरिएको छ।

यस्तै, उनले हाल १० वटा मन्त्रालय रहेकोमा यसलाई यथावत राख्नेसमेत बताए । यादव जसपासहित ७ दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यस प्रदेशमा १०७ जना सांसद रहेकोमा बहुमतको लागि ५४ सांसदको आवश्यक छ। मुख्यमन्त्री यादव ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस