घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या


२७ पुस २०७९, बुधबार


झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका हुन्।

गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमीलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए।

भोजपुरको अरुण गाउँपालिका-१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस