बोर्डले गर्‍यो समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकरलाई कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बोर्डले गर्‍यो समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकरलाई कारबाही


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ वटा सेयर ब्रोकर पनि कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर-४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर-४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर-२९) कारबाहीमा परेका हुन् ।

नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रूपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेस नगर्ने तीन वटा कम्पनी कारबाहीमा परेका हुन् ।

बोर्डको सञ्चालक समिति बैठकले २४ पुसमा ३ वटै धितोपत्र दलाल व्यवसायीलाई पनि कारबाही गर्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताए ।

तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८२ (२) अनुसार सनि सेक्युरिटीजलई १० हजार रुपैयाँ जरिबाना गराइएको छ ।

त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेको इम्पेरियल सेक्युरिटिज कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरिएको बोर्ड स्रोतले जनाएको छ ।

त्रिशूल सेक्युरिटिजलाई पनि धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस