सरकारका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मङ्गलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनलाई हर्ष र गर्वको अनुभूति भएको बताएका हुन् ।   

उनले ठुलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले आफूलाई प्रमुख प्रतिपक्षी दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताए । सञ्चारकर्मीहरूको प्रतिप्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताए ।  

उनले सरकारले गरेका प्रतिबद्धता अनुसार कामहरू अगाडि बढाउने पनि स्पष्ट पारे ।  

Tags :
प्रतिक्रिया दिनुहोस