राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ । विश्वासको मतमाथि चलिरहेको छलफलमा सहभागी हुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई समर्थन नदिई विपक्षमा बस्ने बताए । 

उनले लोकतन्त्रमा बलियो प्रतिपक्षको परिकल्पना हुने भए पनि सबै दल सरकारमा सहभागी भएको भन्दै आश्चर्य प्रकट गरे । साथै, उनले सबै दलले सरकारमा गएर षड्यन्त्रमा त सहभागी होइन भन्ने आशङ्का पनि व्यक्त गरे ।

उनले हरेक प्रधानमन्त्रीले विकासका फेहरिस्त सुनाउँदै आएको चर्चा गर्दै त्यसको कार्यान्वयनमा संशय व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस