सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ।

उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई समर्थन दिए जसरी नै प्रदेशमा एमालेलाई समर्थन गर्न लागिएको हो।

समर्थनमा दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको ती पदाधिकारीले बताए।

उन्मुक्ति पार्टीको समर्थन पाएसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ।

सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबारसम्मको समय छ।

सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ चार, राप्रपा र स्वतन्त्र एक–एक जना सांसद छन्।

प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस