दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक


२६ पुस २०७९, मंगलबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ । यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संविधानअनुसार धारा ७६(४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

आज मात्रै नेकपा एसले प्रचण्डलाई सरकारलाई सर्त विश्वासको मत दिने निर्णय गरेको छ ।

विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्ने नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस