भारतको लखनउमा बस दुर्घटना, ४ जनाको मृत्यु  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

भारतको लखनउमा बस दुर्घटना, ४ जनाको मृत्यु 


२५ पुस २०७९, सोमबार


टीकापुर ।  भारतको गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

 मृत्यु हुनेमा टीकापुर नगरपालिका- १ का नयाँ बस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन् । बसका चालक तथा एक महिलाको भने सनाखत हुने सकेको छैन ।  

६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरू भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।

बसलाई दुईतर्फबाट अन्य दुई वटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरू मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस