गृहको निर्देशन पछि ३३ वटा अवैध क्रसर उद्योग बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहको निर्देशन पछि ३३ वटा अवैध क्रसर उद्योग बन्द


२४ पुस २०७९, आइतबार


काठमाडौँ । कपिलवस्तुमा अवैध रूपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ ।

जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थामा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कतिपय कतिपय उद्योग पनि सञ्चालनमा छन् ।

त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक-एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

सम्बन्धित समाचार : देशभरका अवैध क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस