सुनको मूल्य यो वर्षकै उच्च  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य यो वर्षकै उच्च 


२४ पुस २०७९, आइतबार


काठमाडौँ । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य वि.सं. २०७९ कै उच्च हो ।

गत वर्ष (२०७८) फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो । पुनः मूल्य उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने सङ्केत देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

Tags :
प्रतिक्रिया दिनुहोस