नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता


२३ पुस २०७९, शनिबार


अबुजा । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् ।

केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।

साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् । राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस