एमालेले आज नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले आज नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

एमालेले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषयक अभिमुखीकरण सञ्चालन गर्न लागेको हो। उनका अनुसार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नेछन्। 

एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस