२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र फर्किँदैन : बास्कोटा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्। शनिबार बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र नफर्कने स्पष्ट पारेका हुन्।

उनले राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुष २७ मा राष्ट्रिय बिदाको माग गरेकाले सरकारले दिए कुनै फरक नपर्ने धारणा राखेका छन्।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ।’ बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन, उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको छ ।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख गरेको छ।

साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’

प्रतिक्रिया दिनुहोस