सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ।

ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर जबराको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो । 

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

त्यस्तै, सभामुख निर्वाचित भएलगत्तै ९ गतेभित्र उपसभामुखको उपनिर्वाचन गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस