बाजुराका सञ्जीव र चेतनको परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाजुराका सञ्जीव र चेतनको परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस