जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ। 

सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो। 

प्रशासन कार्यालयले अहिले परीक्षणको रूपमा यो सेवा सुरु गरेको काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्। 

प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको हो। 

संस्था नवीकरण, नयाँ नागरिकता वितरण, नाबालिग परिचयपत्र र मुद्दाको पेशी र तारिख दिनेमा टाइम कार्ड लागू गरेको हो। 

प्रशासन कार्यालयले सेवाग्राहीलाई यी सेवा दिन निश्चित समय दिन्छ। त्यो समयभित्रमा प्रशासन कार्यालयले सेवा दिइसक्ने गरी यो परीक्षण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन्।  

सेवाग्राहीले आवश्यक कागजातहरू पूरा भइसकेपछि मात्रै यो टाइम कार्ड पाउने छन् । राजस्व तिर्नुपर्ने लगायतका कामहरू भने आफैँले गर्नुपर्ने उनले बताइन्।

संस्था नवीकरण र मुद्दाको पेशी तारेखको लागि आधा घण्टाको समय दिइएको छ। यस्तै नागरिकता प्रमाणपत्र र नाबालिग परिचयपत्रको लागि एक-एक घण्टाको समय दिइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस