यी हुन् आज सरुवा भएका ७ सचिव  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यी हुन् आज सरुवा भएका ७ सचिव 


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) तोयम रायालाई अर्थ सचिवमा ल्याइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनी गएका छन्  । 

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अख्तियारमा पठाइएको छ ।

सम्बन्धित समाचार : अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे

Tags :
प्रतिक्रिया दिनुहोस