ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु


२१ पुस २०७९, बिहिबार


रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्रयाक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्रयाक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्रयाक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८:३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस