प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन


२० पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि नेपाल राष्ट्र बैङ्क वित्तीय अनुदान र स्थायित्व कायम गर्ने भनिएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न राजी भएको छ ।

बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गर्भ नर महाप्रसाद अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन् । जसअनुसार केन्द्रीय बैङ्कले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारको आधारमा मात्रै चालु पुँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको हो ।

चालुपूँजी मार्गदर्शनले दिएको सीमा भन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षको समय दिनेगरी मार्गदर्शन संशोधन भएको हो ।

चालुपूँजी कर्जा संशोधनबारे जानकारी दिन राष्ट्र बैङ्कले बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्बन्धित समाचार : प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नर अधिकारीसँग छलफल

Tags :
प्रतिक्रिया दिनुहोस