२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र नेकपा एससँग एकता गर्न जसपाद्वारा वार्ता समिति गठन

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दल र सङ्गठनहरूसँग एकता सम्बन्धमा वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।  दुई दिनदेखि जारी राजनीतिक समितिको बैठकले सो समिति गठन गरेको हो । 

सो समितिको सदस्यहरूमा रकम चेमजोङ र गोविन्द चौधरी रहेका छन् । जसपाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र नेकपा (एस) सँग एकताबारे अनौपचारिक छलफल गरिसकेका छन् । 

सरकारले पूर्णता पाउने बित्तिकै वार्तालाई अगाडि बढाउने पार्टी स्रोतले जनाएको छ । त्यस्तै, सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी गराए । समितिमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमीला यादव छन् ।  

पार्टी अधिवेशनका लागि जसपाको विधान मस्यौदा गर्न अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति गठन पनि भएको छ । सो समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ्ग, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेका छन् । 

त्यसका साथै निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा आफ्नै उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई सम्बन्धित समितिहरूबाटै कारबाही गर्ने निर्णय पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस