२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले पुस १५ मा नतिजा निकाल्न नसकेपछि २५ को टार्गेट

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका नतिजा पुस १५ गतेभित्र प्रकाशित गरिसक्ने टार्गेट लिएको थियो । तर, पुस १९ गते भइसक्दा पनि नतिजा प्रकाशित हुन सकेको छैन।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष लिएको बीबीएस, बीएड लगायतका विषयको परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । स्नातक तहका नतिजा प्रकाशित गर्न नसकेको त्रिविले स्नातकोत्तर तहका लागि भर्ना आह्वान गरिसकेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना आह्वान गरेको हो ।

शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहमा मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पढाई हुने विषयका लागि भर्ना आह्वान गरेको हो । पुस ६ गतेदेखि माघ ५ गतेसम्म आवेदन फाराम भर्ने मिति तोकिएको छ । भने माघ २२ गतेदेखि पढाई सञ्चालन गर्ने जनाएको छ ।

त्रिविका अधिकारीहरू भने यसमा परीक्षा नियन्त्रण कार्यालय र शिक्षाध्यक्षको कार्यालयबीच कोर्डिनेशन नमिलेको बताउँछन् । त्रिविका एक अधिकारीले समयमै नतिजा प्रकाशन गर्न नसकेको बेला माथिल्लो तहको भर्ना आह्वान गर्नु गलत भएको बताए ।

कोर्डिनेशन राम्रो नभएकाले यस्तो समस्या भएको भन्दै ती अधिकारीले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले काम गर्न नसकेको देखियो । नतिजा निकाल्ने र भर्ना लिने कुरामा दुवै निकायबीच कोर्डिनेसन हुनुपर्थ्यो । त्यस्तो देखिएन् ।’

परीक्षा नियन्त्रण कार्यालयले अब पुस २५ भित्र सबै नतिजा निकालिसक्ने टार्गेट बनाएको छ । तर, अहिलेको गतिमा जाने हो भने यो महिनाभरमा पनि नतिजा निकाल्न गाह्रो हुने देखिएको छ ।

‘टार्गेट भनेको पुस १५ मा रिजल्ट निकालिसक्ने भन्ने थियो । तर, आज १९ भइसक्यो । प्राविधिक कठिनाइ भयो, रुजु गर्ने काम बाकी रहेको छ भनेर काम गर्न सकिएको छैन भनिरहेका छन्,’ ती अधिकारीले भने, ‘अब २५ गतेसम्म निकाल्छन् भन्ने कुरा हो । तर, यही अनुसारको भयो भने यो महिनाभित्र पनि निकाल्न सकिँदैन् जस्तो छ ।’

यो महिनाभरमा नतिजा निकाल्न सकिएन भने भर्ना प्रक्रिया नै अवरुद्ध हुनेछ । त्यसपछि नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले भने त्रिविको क्यालेन्डर अनुसार स्नातकोत्तर तहको भर्ना आह्वान गरेको प्रस्ट पारेको छ । सबै नतिजा नआए पनि अहिले आवेदन नखुलाउँदा क्यालेन्डर नै ढिला हुने भएकाले आवेदन आह्वान गरिएको शिक्षाध्यक्ष शिव भुसालले बताए ।

स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र संकायका नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस