विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट फैसला भएका गैरकानूनी लाभ तथा हानी सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

भरतसिंह ऐर, केशवनाथ कट्टेल,राजेश कुमार के.सी. र मञ्जुतारा शाक्य ताम्राकारलगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस