सांसद प्रेम आले र माया राईको आज शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद प्रेम आले र माया राईको आज शपथ


१९ पुस २०७९, मंगलबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन्। सांसदद्वय आले र राईले दिउँसो साढे १२ बजे सिंहदरवारमा शपथ लिने संघीय संसद सचिवालयले जनाएको छ।

उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराउनेछन्।

यसअघि पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पताल भर्ना भएपछि शपथ ग्रहण छुटेको थियो। सांसद राईले कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै मतदान गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस