तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस