२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको अगुवाइमा देशमा नयाँ सरकार बनेको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पार्टीले ठूलो सफलता वा प्रतिष्ठाका रूपमा नलिएको बताएका छन्।

दोलखाको भीमेश्वर नगरपालिकाबाट देशदर्शनका लागि काठमाडौँ आएका ८० वर्षमाथिका ४० जना वृद्ध–वृद्धाहरूको समूहलाई सोमबार आफ्नो निवास बालकोटमा स्वागत तथा सम्मान गर्दै ओलीले त्यस्तो बताएका हुन्। 

‘ठूलो षडयन्त्रमार्फत गठबन्धनबाहिर पारेर एमालेलाई सिध्याउन खोजिएको थियो, त्यस्तो षडयन्त्रमा दौडिनेहरू, कुदाकुद गर्नेहरू आफैँ थाके र देशको राजनीतिक स्थितिमा पनि परिवर्तन आएको छ,’ ओलीले भने, ‘सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ, अस्ताउँदा पनि रातै भएर अस्ताउँछ, सफल भइयो भनेर हामी मातिएका छैनौँ, असफल भयौँ भने पनि हामी आत्तिँदैनौँ। एमाले सधैँ एउटै लयमा हुन्छ, सधैँ देश र जनताको चिन्तासहित खुसीका लागि अघि बढिरहन्छ।’

आफू ५७ वर्षदेखि निरन्तर देशमा परिवर्तन ल्याउन राजनीतिमा क्रियाशील रहेको भन्दै ओलीले बच्चादेखि वृद्धवृद्धासम्मको स्नेह र आशीर्वादले देश र जनताको सेवाका लागि प्रेरणा तथा ऊर्जा मिलिरहेको बताए। 

त्यस अवसरमा ९४ वर्षीय वृद्धा विष्णुमाया खड्का र भीमेश्वर ५ का वडाध्यक्ष बासु श्रेष्ठले ओली र उनकी धर्मपत्नी राधिकालाई महांकाल मन्दिरको प्रसाद प्रदान गरेका थिए। 

ओलीले वृद्धवृद्धाहरूको समूहलाई दोसल्ला ओढाएर तथा फलफूल खुवाएर स्वागत र सम्मान गरेका थिए। वडाध्यक्ष श्रेष्ठको संयोजन र जेष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्कीको व्यवस्थापनमा देश-दर्शनमा आएका उनीहरूले पशुपतिनाथको दर्शन पनि गरेका छन्।