भारतमा काम गर्न गएका एकै परिवारका तीन जनाको कोठामा निस्सासिएर मृत्यु « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

भारतमा काम गर्न गएका एकै परिवारका तीन जनाको कोठामा निस्सासिएर मृत्यु


१८ पुस २०७९, सोमबार


काठमाडौँ । भारतको उत्तर खण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ।

गौरीगङ्गा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो।

आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए। बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने बताइएको छ ।

भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए। अहिले पोस्टमर्टमको रिपोर्ट आउँदै छ । शवलाई घर ल्याउने प्रक्रिया भइरहेको छ । घरको अवस्थाले कमाउन त्यहाँ गएका थिए ।

मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्। आमाबुवाको निधनपछि उनीहरू घरमा टुहुरा बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस