राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी


१८ पुस २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने बताए ।

‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रयाप्त समय छ । फागुनमै निर्वाचन गरेर पुरा गर्न सक्छौँ । त्यसका लागि कुनै समस्या छैन’ थपलियाले भने, ‘राजनीतिक दलहरुवीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको फागुनमै गर्न सक्छौँ ।’

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताए । राष्ट्रियसभाका एकजना सदस्यले तत्काल निर्वाचन गर्ने तयारी गरिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस