नेपाल टेलिकमको फाइभ-जी परीक्षण स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमको फाइभ-जी परीक्षण स्थगित


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिका अनुसार आज आइतबारदेखि सुरू हुने भनिएको फाइभ–जी सेवाको ट्रायल स्थगित गरेको छ ।

टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभ-जी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो । टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरणमा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायल स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्यून संख्यामा भेटिएको कारण परीक्षण केहीपछि सारेको जानकारी दिए । टेलिकमले पुस १७ गतेबाट फाइभ-जी परीक्षण गर्ने भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर मात्र फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो ।

परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सम्पन्न गरिसकेको छ। सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस