सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल


१६ पुस २०७९, शनिबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। शनिबार बिहान उनी प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका छन्। उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस