सरुवा-बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु : गृहमन्त्री लामिछाने  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरुवा-बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु : गृहमन्त्री लामिछाने 


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउन प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु’, गृहमन्त्री लामिछानेले भने ।

गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस