मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


१५ पुस २०७९, शुक्रबार


हेटौँडा। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया-५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौँडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ट्रक चालक निजगढ-९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस